धर्मराजको नाम जस्तै काम : रंगशाला बनाउन सहयोग

  सुमेरु संबाददाता

सोलुखुम्बु – धनले मानिसलाई लोभी र निष्ठुरी बनाउछ भन्ने भनाई फेल खान्छ, जब तपाई ईन्जिनियर तथा समाजसेवी धर्मराज पोखरेललाई भेट्नुहुन्छ । गायक समेत रहेका पोखरेलले जति कमाउन जानेका छन्, त्यति र्नै हात फुकाउन जानेका छन् ।

शनिबार चितवन पुगेर उनले धुर्मुस सुन्तली फाउण्डेशनको अगुवाईमा जनस्तरबाट बन्दै गरेको अन्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि सहयोग गरे । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’लाई भेटेर एक लाख एघार हजार एक सय एघार रुपैँयाको चेक हस्तान्तरण गरे ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका पोखरेलले यसअघि थुप्रै सामाजिक तथा सांस्कृतिक कार्यक्रमका लागि सहयोग गरिसकेका छन् । ईन्जिनियर पोखरेल समाजसेवा, गायन, मोडलिङ, राजनीतिमा पनि सक्रिय छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार