गायक धर्मराजको अर्को सहयोग : पोखरेल दुग्ध प्रतिष्ठानलाई ५ लाख

  सुमेरु संबाददाता

सोलुखुम्बु – केहि दिन अघि धुर्मुस सुन्तली फाउण्डेशनको अगुवाईमा जनस्तरबाट चितवनमा निर्माणाधिन गौतमबृद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला निर्माणका लागि एक लाख एघार हजार एक सय एघार रुपैँया सहयोग हस्तान्तरण गरेका ईन्जिनियर तथा गायक धर्मराज पोखरेलले भारद्धज गोत्रीय दुग्ध पोखरेल प्रतिष्ठानलाई ५ लाख बढि सहयोग हस्तान्तरण गरेका छन् ।

समाजसेवामा समेत सक्रिय पोखरेलले माघ ११ देखि चितवनमा जारी धनधान्यान्चल महायज्ञमा ५ लाख, एक हजार एक सय एघार रुपैँया सहयोग गरेका हुन् । पंण्डित दिनबन्दु पोखरेलले कथावाचन गरिरहेका महायज्ञमा पुगेका उनले बुधबार प्रतिष्ठानको सामाजिक कामका लागि नगद सहयोग हस्तान्तरण गरेका हुन् ।

भारद्धज गोत्रीय दुग्ध पोखरेल प्रतिष्ठान काठमाण्डौ समन्वय समितिका संयोजक समेत रहेका पोखरेलले बंश उत्थान प्रतिष्ठानको भवन र आश्रमको निशुल्क डिजाईन गरिदिने र आवश्यकता अनुसार अन्य सहयोग गर्ने बाचा समेत गरेका छन् । सुमेरु न्यूज संग कुराकानी गर्दै पोखरेलले भने, ‘मरि लानु के छ र, मनैले सहयोग गर्नुपर्छ भन्ने ठानेपछि सकेको सहयोग गर्ने मान्छे हूँ । आफ्नै बंशावलीसंग जोडिएको विषयमा सहयोग नगर्ने त कुरै भएन् ।’

महायज्ञको माध्यमबाट आर्थिक संकलन गरि बंश उत्थान प्रतिष्ठानको भवन निर्माणका साथै चितवनको देवघाटमा बृद्धाश्राम बनाउने योजना बनाईएको छ भने बंशावली निर्माण समेत गरिनेछ ।

गायक पोखरेलको पछिल्ला ३ गीत यत्ति कुरा, तरुनी र घरज्वाँई डिजिटल बजारमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार