ज्वालामाई फिल्म प्रोडक्सनको पहिलो प्रयास : चोकचोकमा सडक नाटक

  सुमेरु संबाददाता

सोलुखुम्बु – सामाजिक जनचेतनाका लागि ज्वालामाई फिल्म प्रोडक्सन एन्ड एजुकेसनल ईन्स्टिच्युटले सोलुखुम्बुको सल्लेरी बजारका चोकचोकमा सडक नाटक प्रर्दशन गरेको छ ।

सुनिल गुरुङको लेखन तथा बारिस सोनाको निर्देशन तथा व्यवस्थापनमा सोमबार सोलुदुधकुण्ड नगरपालिकाको आवाडाँडा, तिनकुने, बसन्तबजार, बैँकचोक, नयाँबजार, जिरोप्वाईन्ट, दोर्पुका सडकमा नाटक प्रर्दशन गरिएको हो ।

नाटक प्रर्दशनमा विष्णु राई, दुर्गा राई र सुर्दशन थापाले सहयोगीको भूमिका निर्वाह गरेका थिए भने नृत्य तर्फ समिता तामाङ र पासाङ तामाङले सहयोग गरेका थिए ।

नाटकमा बालबालिकालाई उनीहरुले ईच्छाईएको क्षेत्रमा अघि बढ्न सहयोग गरौ भन्ने अभिभावक चेतना प्रवाह गरिएको व्यवस्थापन बारिस सोनाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार