सोलुमा पत्रकार आचारसंहिता अन्तरक्रिया

काउन्सिल अध्यक्ष श्रेष्ठ भन्छन्, इमान सहित पत्रकारिता गरौ ।

  सुमेरु संबाददाता

सोलुखुम्बु, माघ २५

प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठलेविशुद्ध पत्रकारिता आजको आवश्यकता रहेको बताए । काउन्सिल र नेपाल पत्रकार महासंघ केन्द्रको संयोजन तथा महासंघ शाखा सोलुखुम्बुको आयोजनामा शुक्रबार सल्लेरीमा आयोजित पत्रकार आचारसंहिता तथा सरोकारवालाको नजरमा आमसंञ्चार विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष श्रेष्ठले आस्थाको हिसावले पत्रकारिता नगर्न आग्रह गरे । उनले भने, ‘विचार आस्था जहाँ भएपनि व्यवसायीक पत्रकारितामा ईमानदारिता नबेचौ ।’

पत्रकारलाई नियन्त्रण आवश्यक नरहेको बताउदै उनले पत्रकार नैतिकता र आचारसंहिताले बाँधिनुपर्ने बताए । उनले भने, ‘इमान सहित पेशा अपनाऔँ । पत्रकार भएरै मर्न मज्जा आउँछ ।’ पत्रकार आचारसंहित पढेर पालना गरे पत्रकार माथी हुने आक्रमण आधा अन्त्य हुने श्रेष्ठको धारणा थियो ।

सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले पत्रकारितामा निष्पक्षता आवश्यक रहेको बताए । पार्टीगत रुपमा विभेदको दृष्ट्रिकोणले पत्रकारिता गर्नु मर्म विपरित हुने भएकाले निष्पक्ष पत्रकारिता गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिब रमेश विष्टलेपत्रकार अझ जिम्मेवार बन्नुपर्नेमा जोड दिए । उनले भने, ‘राज्यको तहबाट पत्रकारलाई नियन्त्रण गर्ने किसिमले कानुन बन्ने क्रममा रहेकाले पत्रकारले पनि आफ्ना कमजोरीलाई सुधार गरेर जिम्मेवार बन्न सक्नुपर्छ ।’

प्रमुख जिल्ला अधिकारी रमा आचार्यले सजिलै सूचना पाउने वातावरण तयार पार्न सम्पर्क नम्बर नै ताकेर वितरण गरेको बताए । रिपोर्टस् क्लबका प्रदेश नं १ संयोजक तथा हिमाल एफ. एम.का प्रबन्ध निर्देशक भानुभक्त निरौलाले आमसंचारको दिगोपनामा दक्ष जनशक्ति मुख्य चुनौति रहेको बताए ।

घरेलु हिंसा प्रभावितका लागि जिल्ला सेवा केन्द्र सल्लेरीकी अध्यक्ष एक कुमारी बस्नेतले पत्रकारले सत्य र तथ्यमा आधारित सूचना संकलन र सम्प्रेषण गर्न आवश्यक रहेको बताईन् । महासंघ सोलुका कार्यवहाक अध्यक्ष भोजराज कार्कीको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष राजेश मिश्र, महासंघ ओखलढुंगाका अध्यक्ष दिपेन्द्र रुम्दाली लगायत जिल्लाका सरोकारवाला तथा क्रियाशील पत्रकारहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार