सोलुखुम्बु : नयाँ शक्ति र फोरमको समायोजन मिति तय

  सुमेरु संबाददाता

सोलुखुम्बु, माघ २५

नयाँ शक्ति र संघीय समाजबादी फोरमको सोलुखुम्बु जिल्ला समायोजन मिति आगामी फागुन २५ गते तोकिएको छ । शनिबार समाजबादी पार्टीको केन्द्रीय कार्यालयमा भएको वैठकले जिल्ला समायोजन मिति तय गरेको हो ।

समाजबादी पार्टीको संगठन सदृढिकरण अभियान संयोजक लाक्पा शेर्पाको अध्यक्षतामा बसेको वैठकले सल्लेरीमा हुने समायोजन भेलाको तयारीका लागि ६ सदस्सीय कार्यदल समेत गठन गरेको छ ।

कार्यदलमा नयाँ शक्तिका तर्फबाट पदम बहादुर राई, गान्दीप राई र रमेश खड्का तथा फोरमको तर्फबाट लाक्पा शेर्पा, नरेन्द्र मगर र लाखमान तामाङ रहेका छन् ।

कार्यदलले स्थानीय तह, जिल्ला, प्रदेश र केन्द्रमा समन्वय गरेर समायोजन भेला सम्पन्न गर्न भूमिका खेल्ने कार्यदलका सदस्य खड्काले बताए ।

केन्द्रमा नयाँ शक्ति र फोरमबीच एकता भएर समाजबादी पार्टी निर्माण गरि सकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार