थुलुङ दुधकोशीको हरेक वडामा शिविर : १६ सय बढि जेष्ठ नागरिक र अपांगलाई सेवा

  सुमेरु संबाददाता

सोलुखुम्बु, माघ २७

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले ९ वटै वडामा संचालन गरेको परिचयपत्र घुम्ती शिविरबाट एक हजार ६८२ जना सर्वसाधारणले सेवा लिएका छन् ।

दुईचरणमा संचालन गरिएको शिविरबाट एक हजार २५४ जना जेष्ठनागरिकलाई परिचयपत्र वितरण गरएको छ भने २१० लाई अपांगता परिचयपत्र वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक उद्धव ढुंगानाले जानकारी दिए ।

‘क’ बर्गको ४८, ‘ख’ बर्गको ११६, ‘ग’ बर्गको १९ र ‘घ’ बर्गको २७ जनालाई अपांगता परिचयपत्र वितरण गरिएको हो । शिविरबाट २१८ जना जेष्ठ नागरिकको सामाजिक सुरक्षा भक्ताका लागि नाम रजिष्ट्रेशन गरिएको छ ।

सोमबार वडा नं ८ देउसामा संचालन गरिएको शिविरमा २१ जनालाई अपांगता परिचयपत्र, १८० जनालाई जेष्ठ नागरिक परिचयपत्र र २३ जनाको नाम सामाजिक सुरक्षा भक्तालागी सूचीकरण गरिएको छ ।

मंगलबार मुक्लिस्थित गाउँपालिका कार्यलयमा छुटेकाहरुलाई सेवा दिईने प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार