सोलुखुम्बुमा प्राविधिक शिक्षालय स्थापनार्थ छलफल

  सुमेरु संबाददाता

सोलुखुम्बु – जनप्रतिनिधि तथा सरोकारवालाहरुसंग प्राविधिक शिक्षालय स्थापना सन्दर्भमा छलफल गरिएको छ । बुधबार प्रदेश नं १ सरकारको सामाजिक विकास मन्त्रालयको कार्यक्रम अनुसार गठन गरिएको कार्यदलको टोली र जिल्लाका जनप्रतिनिधिबीच छलफल भएको हो ।

खडानन्द पराजुलीको नेतृत्वमा सोलुखुम्बु आईपुगेको कार्यदलको टोलीसंग जिल्लामा प्राविधिक शिक्षालय स्थापनाको सवालमा प्रारम्भिक छलफल भएको छ । सोलुखुम्बुसहित तेह्रथुम, संखुवासभा, पाँचथर र ताप्लेजुङमा भूगोल र संभावना सुहाउदो प्राविधिक शिक्षालय स्थापना गर्ने १ नं प्रदेशको अवधारणा अनुसार छलफल गरिएको हो ।

नगरपालिका र गाउँपालिकाका जनप्रतिनिधि, राजनितिक दलका प्रमुख तथा प्रतिनिधि र अन्य सरोकारवालासंग गरिएको छलफलमा पर्यटन, होटल म्यानेजमेन्ट, नर्सिङ, शिभिल ईन्जिनियरिङ लगायतका विषयको शिक्षाय स्थापनाका लागि सुझाव आएको छ भने क्षेत्रगतरुपमा सिभिल ईन्जिनियरिङ कक्षा संचालनको तयारीमा रहेको थुलुङ दुधकोशी उपयुक्त हुने अधिकांशको राय आएको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले बताए ।

प्रदेश सरकारले प्राविधिक शिक्षालय स्थापनाका लागि जिल्लागत रुपमा एक करोड बजेट समेत छुट्याएको छ । छलफलबाट आएको रायसुझाव कार्यदलको हिसावले सामाजिक विकास मन्त्रालयमा पेश गर्ने कार्यदलका संयोजक खडानन्द पराजुलीको भनाई छ । छलफलमा जिल्ला समन्वय समितिका संयोजक र उपसंयोजक, विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुख, राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार