सोलुखुम्बु : जिल्ला अस्पतालमै छैन औषधी

  सुमेरु संबाददाता

सोलुखुम्बु – जिल्ला अस्पताल फाप्लु, जहाँ ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थाबाट रेफर भएका तथा सिधै पुग्ने विरामीको उपचार गरिन्छ । अहिले दैनिक ३० देखि ३५ जना विरामी उपचारका लागि त्यहाँ पुग्छन् । तर औषधि तथा उपकरण र जनशक्तिको अभावका कारण उपचार पाउन नसकेको विरामी र उनका आफन्तले गुनासो गरेका छन् ।

सोलुदुधकुण्ड नगरपालिका ११ तिङलाका जितबहादुर कार्की उपचारकय लागि पुगे । ८३ बर्षिय उनी अस्पतालमा पुगेर चेकजाँच त गराए तर डाक्टरले लेखिदिएको औषधी पाएनन् । उनी भन्छन्, ‘विरामीसंग बोल्ने स्वास्थ्यकर्मीको ढंग छैन् । विरामीसंग रिसाउनी झर्किनी क्रम बढेछ ।’

पन्चनका शम्भु निरौला, आफ्ना ९२ वर्षिय बाबुको उपचारका लागि आईतबार राति अस्पताल पुगे । डाक्टरले लेखिदिएको औषधी निजि मेडिकलमा किन्न बाध्य भए । उनी भन्छन्, जिल्ला अस्पतालमा भिडियो एक्सरे सेवा समेत पाईएन् ।’

जिल्ला अस्पतालकी डाक्टर स्मृति गौतमले अस्पतालमा केही दिनदेखि औषधि अभाव भएको स्विर्कार गर्छिन् । उनी भन्छिन्, ‘केही औषधि अभाव भएको सत्य हो । अभाव भएका औषधी अस्पताल व्यवस्थापन समितिसंग माग गरेका छौ ।’केही विरामी र आफन्तलेगुनासो गरेजस्तो भिडियो एक्सरे लगायतका सेवा नपाएको गुनासो भने सत्य नभएको डा. गौतमको दाबी छ ।

संघीय संरचनामा प्रदेश मातहतमा रहेको अस्पतालमा पहिलेको तुलनामा दरबन्दी घटेको छ । घटेको दरबन्दी अनुसार पनि स्वास्थ्यकर्मी नहुदा प्रभावकारी सेवा प्रवाहमा समस्या भएको अस्पतालले जनाएको छ ।

उपचारका लागि अस्पताल पुग्ने अधिकांश विरामीलाई ओखलढुङगाको मिसन अस्पताल वा काठमाडौ रेफर गर्ने क्रम बढ्दो देखिन्छ । तर अस्पतालको सेवा प्रवाह सुधारका लागि सम्बन्धित निकाय मौनजस्तै रहेको विरामी तथा उनका आफन्तको गुनासो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार