जिल्ला अस्पताल फाप्लुको भवन निर्माण धमाधम (फोटोफिचर)

  सुमेरु संबाददाता

सोलुखुम्बु – जिल्ला अस्पताल फाप्लुमा ३० शैयाको भवन निर्माण धमाधम भईरहेको छ । सहरी बिकास तथा भवन कार्यलयको २२ करोड (भ्याट सहित)को लागतमा निर्माण सुरु अस्पतालको काम १५ प्रतिशत सकिएको छ ।

निर्माणको काम विकाई रौता जेभिले गरिरहेको छ । सम्झौता मितिले ३० महिना भित्र ३० शैयाको दुई तले सुविधासम्पन्न भवन निर्माण सक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

निर्माणाधिन अस्पतालको भवनको अनुगमन गर्दै सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले जिल्ला अस्पतालले भौतिक पुर्वाधारको अभावका कारण चाहेजति सेवाप्रवाह गर्न नसकेको अवस्थामा आफ्नो पहलमा अस्पतालको भवन निर्माण शुरु भएको बताए ।

उनले भने, ‘तोकिएकै समयमा गुणस्तरिय भवन निर्माण गर्ने गरि काम धमाधम भईरहेको छ । भौतिक पुर्वाधार बनेपछि सेवाको गुणस्तरमा पनि बृद्धि हुनेछ ।’ जिल्ला अस्पतालको खस्कदो सेवालाई अभिबृद्धि गर्न निर्माणाधिन भवन सम्पन्न भईसकेपछि सहयोग पुग्ने मेयर शेर्पाको भनाई छ ।

१५ शैयाको जिल्ला अस्पताल ३० शैयामा बृद्धि भईसकेपछि जिल्लामै उपचारका लागि सहज हुने आशा राखिएको छ ।

फोटो-शिखर गजरकोटे

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार