नेकपाको सोलुखुम्बु इन्चार्जमा सुरवीर

  सुमेरु संबाददाता

सोलुखुम्बु – प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘सुरवीर’लाई नेकपाले सोलुखुम्बु इन्चार्जको जिम्मेवारी प्रदान गरेको छ ।

नेकपा केन्द्रिय सदस्य समेत रहेका सुरवीरलाई फागुन १३ गते जिल्ला इन्चार्जको जिम्मेवारी प्रदान गरिएको हो । महासचिब विष्णु कुमार पौडेलद्धारा हस्ताक्षरित पत्रमा लेखिएको छ, ‘प्रदेश कमिटी इन्चार्ज, सह–इन्चार्ज, जिल्ला अध्यक्ष, सचिब लगायतसंग समन्वय गरेर आफ्नो जिम्मेवारी पुरा गर्नुहुने विश्वास गरिएको छ ।’

यसअघि सोलुखुम्बु जिल्ला इन्चार्जमा शिव बहादुर बस्नेत ‘राजेन्द्र’ थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार