साच्चै ! जनभावना बोल्छन् बद्री (शब्द र चित्र)

फोटो – शिखर गजरकोटे

  सुमेरु संबाददाता

सोलुखुम्बु – फागुन २ देखि १२ गतेसम्म प्रथम खोटाङ दिक्तेल महोत्सब सम्पन्न भयो । सो अवधिमा गायक बद्रि पंगेनी पनि दिक्तेल आएका थिए ।

पहिलो पटक खोटाङ आएका पंगेनीको प्रस्तुती हेर्नका लागि गाउँगाउँबाट सयौँ सर्वसाधारण दिक्तेल झरेका थिए । पंगेनीका गीत सुनेका सर्वसाधारणलाई उनले दुखी बनाएनन् ।

गोधुली साँझमा स्टेज चढेका उनले शुरुमै आमाहरुलाई सम्बोधन गरेर ‘आमा विदा पाउदिन’ बोलको गीत गाए । उनको प्रस्तुती र गीती भावले रमाईलोका लागि आएका अधिकांश आमाको मन अमिलो बन्यो । छोरा विदेशमा रहेका आमाहरु धुरुधुरु रोए ।

आमाको वेदना गाएपछि पंगेनीले गाउन थाले ‘लौन नेता ज्यू’ । मन्चमा आसिन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिप नारायण रिजाल र उपमेयर विणादेवी राई मुसुमुसु हाँस्दै थिए । मूलुकमा भष्ट्राचार बढ्दै गएको परिस्थितीमा दर्शकको ऊर्जासंगै गीत गाएपछि पंगेनीले मेयर र उपमेयरलाई उभ्याएर (हात उठाएर) भष्ट्राचार विरुद्ध प्रतिबद्धता गर्न लगाए ।

खोटाङगे दर्शकको मन जितिसकेका पंगेनी दोस्रो चरणमा रातो पछ्यौरीबाट नचाउन थाले । मौसम प्रतिकुल बन्यो । पानी पर्न थाल्यो तर पंगेनीले गति गाउन छाडेनन् । बरु, दर्शकमाझ मै गएर पानी सलल, सुर्खेतमा बुलबुले ताल लगायतका गीत प्रस्तुत गरे ।

त्यसलगत्तै गायिका निशा लामासंग दोहोरी गाएका उनले मेयर र उपमेयरलाई लक्षित गर्दै डेटिङ र सेटिङमा नफस्न व्यग्य गरे । लाईभ दोहोरीले झन् महोत्सबको माहौल ततायो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार