प्रदेश नं १ नेकपाको जिम्मेवारी बाँडफाँड, सोलुखुम्बुका को–को परे !

  सुमेरु संबाददाता

सोलुखुम्बु – नेकपा प्रदेश नं १ को पुर्ण वैठकले क्षेत्रको जिम्मेवारी टुंगो लगाएको छ ।

सोलुखुम्बु प्रदेश सभा ‘क’ इन्चार्जमा महेश राई (पुर्व माओबादी) र सह–इन्चार्जमा डिबि किराँती (पुर्व एमाले)लाई जिम्मेवारी दिईएको छ भने प्रदेश सभा ‘ख’ मा आङ ङिमा लामा (पुर्व एमाले)लाई इन्चार्ज र ठमनाथ पराजुली (ध्रुब) (पुर्व माओबादी) लाई सह–इन्चार्जको जिम्मेवारी प्रदान गरिएको छ ।

वैठकले प्रदेश नं १ कै पर्यटन विभाग प्रमुखमा प्रदेश सभा सदस्य उत्तम कुमार बस्नेतलाई प्रमुख र ठमनाथ पराजुली (ध्रुब)लाई उपप्रमुखको जिम्मेवारी दिईएको छ भने सोलुखुम्बुबाट एक जना प्रदेश सदस्य थप गरिएको छ ।

वैठकले महाकुलुङ गाउँपालिकाका अध्यक्ष समेत रहेका सागर किराँतीलाई प्रदेश सदस्यमा मनोनित गरिएको हो । यस अघि पु्र्व एमालेबाट ८ र पुर्व माओबादीबाट ४ जना नेकपा प्रदेश सदस्यमा मनोनित भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार