तिङला राम्पामा एक घर एक धारा

  सुमेरु संबाददाता

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका ११ तिङला राम्पाका ५० घरपरिवार सुरक्षित पिउनेपानीको पहूँचमा पुगेका छन् । लौरेश्वर दलित यूवा समाजको अगुवाईमा घरघरमा सुरक्षित खानेपानीको पहूँच पुगेसंगै स्थानीयले राहत महसुस गरेका छन् भने सरसफाईमा सुधार आएको उनीहरुको भनाई छ ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय खोटाङको करिब ४ लाख, तल्लो सोलुखोला जलविद्युत आयोजनाको सामाग्री र सोलुदुधकुण्ड नगरपालिकाको डेढ लाख तथा स्थानीयको श्रमदानबाट निर्माण गरिएको राम्पा पिउनेपानी सम्पन्न भएपछि दलित तथा गैरदलित समुदायका ५० घरमा सुरक्षित पानी पुगेको हो । लौरेश्वर दलित यूवा समाजका अध्यक्ष नीर कुमार नेपालीले स–साना स्रोत वयवस्थापन गरेर सुरक्षित पिउनेपानको व्यवस्थापन गरिएको बताए । उने सहयोगी सम्पुर्णलाई धन्यवाद समेत दिए ।

एक घर एक धारा निर्माण गरेपछि बोकेर पानीको प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ । उक्त खानेपानी संरचनाको शनिबार सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले धाराको पानी पिएर उद्घाटन गरे । पिउनेपानी दैलोमै पाएपछि राम्पाका स्थानीय हर्षित छन् ।

लामो समय देखि सामूहिक धारा र खोल्सीबाट पिउने पानीको उपभोग गर्दै आएका उनीहरुले घरघरमा सुरक्षित पानी पाएपछि महिला दिदीवहिनीहरुलाई राहत मिलेको हो । पानीकै कारण झगडा हुने परिस्थितीको अन्त्य भएकोमा राम्पाबासी खुसी देखिएका छन् । उनीहरुले पिउनेपानीको दिगोपनाका लागि पनि काम गर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार