धर्मराजले दिए क्वारेनटाइनका लागि नयाँ घर

  सुमेरु संबाददाता

सोलुखुम्बु – खोटाङ विजयखर्कका इन्जिनियर तथा गायक धर्मराज पोखरेलले कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि आफ्नो नयाँ घर क्वारेनटाइनका लागि सरकारलाई हस्तान्तरण गरेका छन् ।

आईतबार भर्खर निर्माण सकेको दुईटा घर विपत्ती न्यूनिकरणका लागि राज्यलाई दिने घोषणा गरेका पोखरेलले सोमबार बुढानिलकण्ड नगरपालिकालाई घरको साँचो हस्तान्तरण गरेका छन् ।

नगरपालिकाको वडा नं ८ सुन्दरबस्तीमा रहेको १२ कोठे घर विपत्ती अवधिभर स्थानीय सरकारलाई प्रयोग गर्नका लागि दिएको पोखरेलले बताए । उनले भने, ‘राष्ट्रिय विपत्तीमा सरकारलाई सहयोग गर्नु जिम्मेवार नागरिकको कतव्र्य सम्झेर नयाँ घर क्वारेनटाइनका लागि दिएको हूँ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार