लकडाउन प्रभाव : सोलुखुम्बुमा १४४ पर्यटक अलपत्र

  दिपेन्द्र पराजुली

सोलुखुम्बु – खुम्बु क्षेत्र घुम्न आएका एक सय भन्दा बढि पर्यटक लुक्लामा अलपत्र परेका छन् । कोरोना भाईरस कोभिड १९ को संक्रमण जोखिम कम गर्नका लागि लक डाउन गरेसँग आरोहण सिजनमा खुम्बु भ्रमणमा आएका १४४ पर्यटक अलपत्र परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नाम्चे खुम्जुङ, सगरमाथा राष्ट्रिया निकुञ्ज लगायतका स्थानको भ्रमण गरिरहेका पर्यटक लुक्लामा आईपुगेका ११६, नाम्चेमा १५ र खुम्जुङमा ७ विदेशी पर्यटक अलपत्र परेका हुन् । खुम्बु भ्रमणका लागि आएका ६ पर्यटक सल्लेरीमा अलपत्र बनेको प्रहरीले जनाएको छ ।

होटल पसल पनि आंशिक रुपमा खुलेका कारण उनीहरुलाई खान र बस्नका लागि समस्या भएको छ । कोरोना भाइरस संक्रमणको जोखिममा ध्यानमा राख्दै सरकारले लकडाउन गरेपछि विदेशी पर्यटक अलपत्रमा परेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार