सोलुदुधकुण्डको कोरोना पुर्वतयारी : ७४ वेडको क्वारेनटाइन, ४ वटा एम्बुलेन्स तैनाथ

  सुमेरु संबाददाता

सोलुखुम्बु – विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)को नियन्त्रणको लागि सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले ३६ वेडको क्वारेनटाइन स्थापना गरेको छ भने ४ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ ।

नेपालमा समेत कोरोना भाइरसको संक्रमण देखिसकिएको अवस्थामा नगरपालिकाले सल्लेरी स्थित कर्मचारी आवास गृहमा १६ वेड, केरुङ स्वास्थ्य चौकीमा ८ वेडको क्वारेनटाइन निर्माण गरिएको छ भने टाप्टिङको खाम्दिङ स्थित वाङछु शेर्पा मेमोरियल अस्पतालमा ५० वेडको क्वारेनटाइन निर्माण गरिएको हिमालयन यक्पो फाउण्डेशनका महासचिव ङवाङफुरी शेर्पाले जानकारी दिए ।

संक्रमितलाई सम्बन्धित स्वास्थ्य संस्थामा पु¥याउनका लागि नगरपालिकाले संचालन गरिरहेको एक, तल्लो सोलु जलविद्युत आयोजनाको एक, केरुङमा संचालनमा रहेको एक र बेनी वडा कार्यालयले संचालनको एक गरि ४ वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको मेयर नाम्गेल जाङबु शेर्पाले जानकारी दिए ।
नगरपालिकाले जिल्ला प्रवेशको सिमानाका जन्तरधाप र फाप्लु विमानस्थलमा हेल्थ डेक्स स्थापना गरिसकेको छ ।

स्वास्थ्यकर्मीलाई आवश्यक सामाग्री सहित कार्यस्थलमा परिचालन गरिएको स्वास्थ्य शाखा संयोजक चमर मगरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार