हलेसी तुवाचुङमा ४१ वेडको क्वोनटाइन

  सुमेरु संबाददाता

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले तीन स्थानमा ४१ वेडको क्वारेन्टाइन निर्माण गरेको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संम्भावित जोखिमबाट बच्नका लागि महादेवस्थान र दुर्छिममा क्वारेन्टाइन बनाइएको हो ।

नगरपालिकाले स्वास्थ्य चौकी दुर्छिममा ४ वेड र स्वास्थ्य चौकी हलेसीमा ५ वेडको क्वारेन्टाइन बनाएपछि आज (बुधबार) जाम्बला रिसोर्टमा ११ वेडको क्वारेन्टाइन निर्माण गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले बताए । त्यस्तै, धितुङमा ३ वेड र अन्य वडामा २–२ वेडको क्वारेनटाइन निर्माण गरिएको छ । क्वारेन्टाइनका लागि आवश्यक सम्पूर्ण सामग्रीहरु जाम्बलाले उपलब्ध गराएको हो ।

स्वास्थ्यकर्मी, औषधि, उपचार, खाद्यन्नको भने नगरपालिकाले व्यवस्थापन गर्नेछ । शंकास्पद भेटिएमा क्वारेन्टाइनमा लगेर राखिने नगरप्रमुख राईले बताए । यस्तै, नगरपालिकाले नगर प्रवेश गर्ने नाकाहरु जयरामघाट, रेग्मीटार र हलेसी मन्दिर परिसरमा हेल्थ डेस्क स्थापना गरेर कोरोना भाइरस (कोभिड–१९) संक्रमण लक्षण देखिने १००.०४ डिग्री फरेनहाइट भन्दा माथि ज्वरो भएरनभएको, श्वास प्रश्वासमा अत्याधिक समस्या भएरनभएको चेकजाँच र विवरण संकलन गरिरहेको छ ।

यस्तै, कोरोना भाइरसबाट बच्न बचाउन सरकारले मंगलबारबाट १८ चैत्रसम्म गरेको लकडाउनलाई पुर्णरुपमा पालना गर्न नगरपालिकाले आम नागरिकलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार