कोरोना संक्रमित किशोरीसंगै आएका सोलुका ४ मध्ये ३ यूवा सम्पर्कमा

  सुमेरु संबाददाता

सोलुखुम्बु – कतार एयरवेजको जहाजबाट चैत्र ४ गते नेपाल आएकी कोरोना संक्रमित १९ बर्षीया युवतीसगै सोलुखुम्बुका ४ मध्ये ३ यूवा सम्पर्कमा आएका छन् । ती किशोरीसंगै जिल्लाका शान्तबहादुर विक, पेम्बा शेर्पा, तेन्जि छोग्याल शेर्पा र मिङमार शेर्पा मध्ये शान्त, मिङमार र तेन्जि सम्पर्कमा आएका हुन् ।

४ यूवामध्ये सोलुदुधकुण्ड नगरपालिका ९ गोराखानी घर भएका मिङंमार शेर्पा सम्पर्कमा आएका छन् । उनलाई क्वारेनटाइनमा राख्ने तयारी भएको मेयर नाम्गेल जाङबु शेर्पाले बताए । अन्य दुईजना काठमाण्डौमै रहेको मेयर शेर्पाले जनाए ।

पेम्बालाई पनि यथासिघ्र सम्पर्कमा आउन र क्वारेनटाइनमा बस्न आग्रह गरिएको छ । उनीहरुको खोजी गरिरहेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुकी सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी शाहीले जानकारी दिईन् ।

गोराखानीका मिङंमारलाई आज होम क्वारेनटाइनमा राखिएको र भोली उनका परिवार सहितलाई क्वारेनटाइनमा राखिने नगरपालिकाको तयारी रहेको छ ।

उता, कोरोना संक्रमित युवतीसँगै कतारबाट फर्किएका खोटाङका दुई जनाको पहिचान भएको छ ।

गत चैत्र ४ गते फ्रान्सबाट कतार हुँदै काठ्माण्डौं आएकी संक्रमित युवतीसँगै यात्रा गरेका केपीलासगढी गाउँपालिकाका एक जना धरानमा क्वारेन्टाइनमा बसिसकेको र जन्तेढुंगा गाउँपालिका–३ काहुलेका एक जनालाई पनि क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

हाल घरैमा बसिरहेका युवाको स्वास्थ्य अवस्था बुझ्न र क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा बस्ने व्यवस्थाका लागि जन्तेढुंगा गाउँपालिका अध्यक्ष शंकर राई, मेडिकल अधिकृत सरोजकुमार शाह लगायतको टोली काहुलेतर्फ गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार