वैदेशिक रोजगारीबाट आएका दिप्रुङका ३ यूवा क्वारेनटाइनमा

  सुमेरु संबाददाता

सोलुखुम्बु – खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले वैदेशिक रोजगारबाट आएका तीन जनालाई क्वारेन्टाइनमा राखेको छ ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण जोखिमलाई ध्यानमा राखेर गाउँपालिकाले वैदेशीक रोजगारीबाट आएका व्यक्तिको पहिचान गरि क्वारेन्टाइनमा राख्न सुरु गरेको हो ।

वडा नम्बर–१ याम्खास्थित स्वास्थ्य चौकि भवनमा ४० बेडको क्वारेन्टाइन निर्माण गरेको गाउँपालिकाले भारतको वेस्ट बंगाल, भारतकै मेगालय र साउदी अरबबाट आएका उनीहरुलाई क्वारेन्टाईनमा राखिएको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले जानकारी दिए ।

स्वास्थ्यकर्मीको निगरानीका साथ ती व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको राईको भनाई छ । गाउँपालिकाले नाकाहरुमा थप कडाइ पनि गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार