मुख्यमन्त्री राई खरिखोला आउने

  सुमेरु संबाददाता

सोलुखुम्बु, चैत्र १४

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई चैत्र १९ गते खरिखोलामा हुने कार्यक्रममा सहभागी बन्न सोलुखुम्बु आउने भएका छन् । माप्य दुधकोशी गाउँपालिका र खुम्बुपासाङल्हमू गाउँपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको ग्रामिण सडक उद्घाटनका लागि मुख्यमन्त्री राई खरिखोला आउन लागेका हुन् ।

प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘सुरवीर’, प्रदेश सांसदद्धय बुद्धिकुमार राजभण्डारी र उत्तम कुमार बस्नेतको समेत उपस्थिती रहने कार्यक्रमको अबसरमा खरिखोला स्वास्थ्य केन्द्रको भवन शिलान्यास, मेरापिक ट्रेकिङ ट्रायलरुट उद्घाटन र सिक्ली दलितबस्तीको सामुदायीक भवन उद्घाटन पनि गरिने खुम्बुपासाङल्हमु गाउँपालिकाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । कार्यक्रम खरिखोला माविको परिसरमा हुनेछ ।

सोही दिन विहान माप्यदुधकोशी गाउँपालिकाको समिक्षाहल र प्रहरी चौकीको भवन पनि उद्घाटन गर्ने कार्यक्रम रहेको गाउँपालिकाका योजना अधिकृत पशुपति पोखरेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार