रावावेशीमा वडैपिच्छे १० क्वारेनटाइन

  सुमेरु संबाददाता

सोलुखुम्बु – खोटाङको रावावेशी गाउँपालिकाले वडैपिच्छे क्वारेनटाइन स्थापना गर्ने भएको छ । बुधबार गाउँपालका अध्यक्ष लिलानाथ निरौलाको अध्यक्षतामा बसेको आकस्मिक वैठकले ६ वटै वडामा १० बेडको क्वारेनटाइन स्थापना गर्ने निर्णय गरिएको हो ।

वडा नं १ मा महिला समूहको भवन, वडा नं २ मा शारदा मावि, वडा नं ३ मा यूनिसेफ कार्यालय, वडा नं ४ मा देउराली मावि, वडा नं ५ मा गैगोदय मावि र वडा नं ६ मा शारदा माविमा क्वारेनटाइन स्थापना गर्ने निर्णय गरिएको र आवश्यक सामाग्री सम्बन्धित वडाका अध्यक्षको नेतृत्वमा पठाई सकिएको गाउँपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत रेख बहादुर थापा, स्वास्थ्य शाखा संयोजक राज कुमार रेग्मी, वडाअध्यक्षहरु र स्वास्थ्य संस्थाका इन्जार्च सहभागी वैठकले हरेक गाउँवस्तिमा कोरोना सचेतनाका लागि माईकिङ गर्ने निर्णय समेत गरेको छ । चेतना प्रवाहका लागि माईकिङको काम शुरु भईसकेको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार