महाकुलुङ गाउँपालिकाको अपिल : आफू बचौँ, अरुलाई पनि बचाऔँ

  सुमेरु संबाददाता

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले कोरोना भाइरस मुक्त गाउँपालिका बनाउन सचेत बनेर सहयोग गर्न नागरिकलाई आग्रह गरेको छ । गाउँपालिका अध्यक्ष सागर किराँतीले वित्रप्ती जारी गर्दै विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाईरसको जोखिम बढेकाले आवश्यक सर्तकता अपनाउन अपिल गरिएको छ ।

गाउँमै रहेका नागरिकलाई सरसफाईमा ध्यान दिदै गाउँघरमा हुने शुभकार्य तथा अनावश्यक जमघट नगर्न र सहभागी नहुन आग्रह गर्दै अन्य जिल्ला र विदेशबाट घर फर्केका महाकुलुङबासीलाई सेल्फ क्वारेनटाइनमा बसेर सावधानी अपनाईदिन विशेष अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार