कोरोना संक्रमित किशोरीसंगै आएका लिम्चुङबुङका एक यूवा सेल्फ क्वारेनटाइनमा

  सुमेरु संबाददाता

सोलुखुम्बु – गत चैत्र ४ गते कतार एयरवेजमा कोरोना भाइरस संक्रमित किशोरीसंगै नेपाल आएका दुई यूवामध्ये उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका एक यूवा सेल्फ क्वारेनटाइनमा रहेका छन् ।

लिम्चुङबुङ गाउँपालिकाले एक सूचना जारी गर्दै उक्त यूवकको विषयमा जानकारी गराएको छ । ति यूवाले गाउँघरका विभिन्न व्यक्तिसंग भेट गरेको खुल्न आएको र बाहिरी जिल्लाबाट आएका मानिसहरुमा कोरोना भाइरस संक्रमणको शंका लागेमा गाउँपालिकाले तोकेका व्यक्तिहरुलाई सम्पर्क गर्न मोबाईल नम्बर समेत सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार