उदयपुर : पिङ खेल्दा सलको पासो लागेर एक बालिकाको मृत्यु

  सुमेरु संबाददाता

सोलुखुम्बु – उदयपुरको लिम्चुङवुङ गाउँपालिका २ ताम्लिछाको आमबोटेमा पिङ खेल्ने क्रममा सलको पासो लाग्दा एक बालिकाको ज्यान गएको छ ।

स्थानीय ललितशेर राईको ८ बर्षिय छोरी करुणा राईको घर नजिक रहेको कपडा सुकाउने बासमा सलको पिङ लगाएर खेल्ने क्रममा बेरिएर घटनास्थलमै मृत्यु भएको वडाअध्यक्ष भविन्द्र राईले जानकारी दिए । मृतकको शव पोष्टमाटमका लागि जिल्ला अस्पताल गाईघाट लगिएको सहकर्मी गुरुमणी कुमाईले जानकारी दिए ।

पोष्टमाटमका लागि लैजान लाग्ने गाडी भाडा र आवश्यक खर्च गाउँपालिकाले व्यवस्थापन गर्ने प्रमुख प्रशासकीय अधिकृत टार्जन कुमार लिम्बुले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार