खुम्बुमा अलपत्र पर्यटकलाई निशुल्क खाना र आवासको व्यवस्था

  सुमेरु संबाददाता

सोलुखूम्बु – कोरोना भाइरस संक्रमणको जोखिम बढेसंगै सरकारले लागु गरेको लक डाउनबाट खुम्बु क्षेत्रमा अपत्र बनेका सयौँ पर्यटकलाई निशुल्क खान र आवासको व्यवस्था मिलाईएको छ ।

खुम्बु पासाङल्हमू गाउँपालिका र होटल एशोसियशन लुक्लाको समन्वयमा लक डाउनका कारणले अलपत्रमा परेका विदेशी पर्यटकलाई लक डाउन अवधिभर निशुल्क व्यवस्थापन गर्ने सहमति भएको छ । सहमति अनुसार खुम्बु भ्रमणका लागि आएका १५० भन्दा बढि विदेशी पर्यटकलाई खाना र खाजाको व्यवस्था गाउँपालिकाले मिलाउने र कोठा तथा ईन्टरनेटको व्यवस्था होटल एशोसियशनले मिलाउने छन् ।

होटल एशोसियशन लुक्लाका अध्यक्ष आङफुर्वा शेर्पाले लुक्लामा अलपत्र बनेका १३५ जना पर्यटकलाई भेटेर होटलमा सुरक्षित राख्ने काम भइरहेको बताए । नाम्चे, खुम्जुङ लगायतका स्थानमा रहेका पर्यटकको तथ्यांक संकलन भईरहेको उनको भनाई छ । माथिल्लो क्षेत्रमा अलपत्र बनेका पर्यटकलाई पनि समन्वयमा निशुल्क खाना र आवासको व्यवस्था मिलाउने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार