सल्लेरीमा अलपत्र पर्यटकलाई काठमाण्डौ पठाईने

  सुमेरु संबाददाता

सोलुखुम्बु – लक डाउनको कारण सोलुखुम्बुको सल्लेरीमा अलपत्र बनेका ६ पर्यटकलाई काठमाण्डौ पठाईने भएको छ । जिल्ला भ्रमणका लागि आएका उनीहरु कोरोना भाइरस संक्रमणको जोखिम कम गर्नका लागि सरकारले लक डाउन घोषणा गरेपछि उनीहरुको दैनिकीमा समस्या आएको थियो ।

आफ्नो विशेष पहलमा सल्लेरीमा अलपत्र विभिन्न देशका ६ नागरिकलाई शनिबार सडक मार्ग हुदै काठमाण्डौ पठाउने व्यवस्था मिलाएको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले बताए । लक डाउनकै कारण स्पेन, पोल्याण्ड, क्यानडा, अमेरिका, फ्रान्स र भारतका ६ नागरिकले खुम्बु भ्रमण नै नगरी काठमाण्डौ फर्कने भएका छन् ।

यसअघि बुधबार लुक्ला र महाकुलुङको चाचालुङमा अलपत्र बनेका १८ नागरिकको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो । खुम्बु क्षेत्रमा अलपत्र बनेका विदेशी पर्यटकलाई खुम्बु पासाङल्हमू गाउँपालिका र होटल एशोसियशन लुक्लाको सहकार्यमा क डाउन अवधिभर खाना र आवासको निशुल्क व्यवस्था मिलाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार