‘लासहरुको पहाड’

कविता

  रामकृष्ण के.सी - दाेलखा

कोरोना, तेरो कुकृत्यको बिभत्स चित्र,
कुन मूर्तिकारले कुँध्न सक्ला ?
तेरो अमानवीयताको पराकाष्ठ,
कुन कबिले बयान गर्ला ?
तलाई सम्बोधन गर्दा काँप्दै गरेका मेरा औंलाहरुले,
मानव हृदयमा स्पर्श गर्दै आघात पुर्याएछन भने,
त्यस्को स्राप तलाई नै लागोस।
धर्तीमाताले तेरो निर्मुल पार्न,
एउटा कृष्णभेदी छोरो जन्माउन,
यत्ती हो मैँले रोप्न सक्ने सदिच्छाको बोट।।

कोरोना,तेरो कृपाले बिश्व साम्राज्य डगमगायो,
ईरान् र कोरियाका अणुबम लुला भए ,
जर्मन,इँटलि,फ्रान्स र चिनियाँ सभ्यतामा कालरात्री छायो,
यो त्यो होइन बिश्वपरिवेश सोकाकुल बन्यो।
बिरताका धुन फुक्ने बिगुलहरुमा होस,या
प्रेमको गित गाउने मुरलिमा,
भरिएको छ एकतमासले कोइली रुवाइ,
अनि चुडिँदैछन हृदयका मुर्छनाहरु।।

कोराना,हिजोसम्म मातृत्वमा चुर्लुम्म डुबेर स्टार् फिसझैं,
स्वप्निल गङगामा पौडीने एउटा शिशु एक्लिएको छ
बाबाका औंला समाउदै थिगरी थिगरी गर्ने एउटा अबोध
एक्लिएको छ।

हिजोसम्म आमाको न्यानो छातीमा टाँसिएर,
जुनमा देउति माता हेर्ने एउटा बच्चा,
आज त्यही जुनभित्र आफ्नी आमाको मृत चित्र हेर्दैछ
अनि बालशुलभ तोते बोलिमा भन्दै छ आमा।
सायद उसलाई आफ्नी आमा त्यो जुन जस्तै शितल लाग्दो हो।।

हिजोसम्म बाबाको औंला समाएर मन्टेस्वरी र फनपार्कको यात्रामा निस्केको एउटा बच्चा,
आज कालो बादलको अग्लो स्तम्भ हेरेर,
करुण स्वरमा भन्दै छ बाबा।
सायद उस्लाइ आफ्नो बाबा त्यो बादलको स्तम्भ झैँ
बलियो लाग्दो हो।।

त्यो बालबोध मुर्छित भएर,
हेर्छ यताउता,
अनि देख्छ लासहरुको पहाड !!!

(कवि नेपाली सेनामा कार्यरत छन् ।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार