थुलुङ दुधकोशीका ८० विपन्न परिवारलाई राहत

  सुमेरु संबाददाता

सोलुखुम्बु – थुलुङ दुधकोशी गाउँपालिकाले दैनिक ज्यालादारी गरि जिविकोपार्जन गरिरहेका मुक्लीका ८० परिवारलाई राहत वितरण गरेको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न सरकारले गरेको लकडाउन अवधिमा जिविकोपार्जनमा संकट भोगेका परिवारको पहिचान गरि राहत वितरण गर्ने गाउँकार्यपालिकाको निर्णय बमोजिम मुक्लीबाट शुरु गरिएको हो ।

वडा वडामा विपन्न परिवारको संख्या पहिचान गरि राहत वितरण गरिने गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । उनले भने, ‘नागरिकलाई स्थानीय सरकारको प्रत्याभूती दिलाउने गरि विपदको समयमा साथ दिएका हौ । हरेक वडामा अतिविपन्न परिवार पहिचान गरि लकडाउन अवधिमा पुग्ने गरि खाद्यान्न सामाग्री वितरण गरेका छौ ।’

आइतबार वडा नं ७ देउसाका अति विपन्न परिवारलाई राहत वितरण गर्ने योजना रहेको छ । राहत सामाग्री खरिदका लागि गाउँकार्यपालिका सदस्यहरुले एक महिनाको सुविधा खर्च गर्ने निर्णय गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार