कांग्रेस नेता शेर्पाको व्यंग्य कविताबाट ‘खाऔं !’

कोटेशन मागेर खाउ
कोटेशन भरेर खाउ,
कोटेशन मिलाएर खाउ
कोटेशन भिडाएर खाउ
म्याच फिक्सिङ न हो
आखिरीमा,हुने त्यहि न हो।
किनकी,
यहाँ लक्डाउन छ
कोरानको त्रासमा छ।
त्यसैले,
मिलाइ मिलाइ खाउ
दलालहरुको सेटिङमा
खोजी खोजी खाउ
रोजी रोजी खाउ
भागशान्ति पुर्याएर खाउ
संकटको ब्यानर मुनि
ढुकुटी निचोरेर खाउ
तारेर खाउ
रोष्ट बनाएर खाउ
ढुक्क छौं,
ढाल बन्ने वलि बा छ
मुद्दा तुहाउने अख्तियार छ
प्रतिकारमा अरिङ्गाल छ
संसदमा दुई तिहाई छ
तब त,
लाज त्यागेर खाउ
ढकारी ढकारी खाउ
ठुलो ढाको गरेर खाउ
शिर ननिउराइ खाउ
धाकधक्कु साथ खाउ
पछिको भर छैन,
यहि मौकामा खाऔँ ।

(लेखक शेर्पा नेपाली कांग्रेसका नेता हुन्)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार