जन्म सार्थक बनोस्

गजल

  सुवाश जमरकट्टेल

माता पीता र जन्मभुमिको सेवा अझै गर्नु छ
छोड्नु पर्छ अशेष कृति सबले आखिरमा मर्नु छ

भोका नाङ्गा दुखि दरिद्रजनको बन्नु पर्छ सारथी
रोग कष्ट अभाव सहँदैं दुखको भवसागर तर्नु छ

सच्चा मनले गरी सत्य कर्म, बुझी त्यो मनको मर्म
माया प्रेम सद्भाव जगाई उनको पनि मन हर्नु छ

समाजमा अशिक्षा, अन्धविश्वासको अध्यारो हटाई
यत्र तत्र सर्वत्र फैलिएको अभावको भकारी भर्नु छ

तिथि मिति सब मिल्न गयो नमन जननी चरणमा
जन्म उत्सव सार्थक बनाउन सुवाश अझैं छर्नु छ ।।

सुवाश जमरकट्टेल
नेचा, सोलुखुम्बु

(जन्म दिनको अवसरमा सृजित गजल)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार