थुलुङ दुधकोशीका दीर्घरोगीलाई औषधी वितरण शुरु

  सुमेरु संबाददाता

सोलुखुम्बु, वैशाख २

सोलुखुम्ुबुको थुलुङ दुधकोशी गाउँपालिकाले दीर्घकालिन रुपमा औषधी सेवन गरिरहेका ५ सय ७८ जनालाई निःशुल्क औषधी वितरण शुरु गरेको छ । गाउँपालिकाले दम, थाइराइड, प्रेसर, सुगर, युरिक एसिड, ग्यास्ट्राइटिक, मुटु रोगी, कलेजो र मृगौला रोगीलाई निःशुल्क औषधि वितरण शुरु गरिएको प्रवक्ता फुर्तिमान तामाङले जानकारी दिए ।

मंगलबार मुक्लीबाट शुरु गरिएको औषधी केही दिन भित्रै दीर्घरोगीकै घर घरमा पुगेर वितरण गर्ने गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । उनले भने, ‘जसरी तथ्यांक संकलन गरेका थियौ । त्यसरी नै जनप्रतिनिधि र स्वास्थ्यकर्मी परिचालन गरेर औषधी वितरण गर्नेछौ ।’ यसअघि गाउँपालिकाले लकडाउनका कारण खाद्य संकट भोग्नुपर्ने अतिविपन्न ९ वटै वडाका ४७९ परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिसकेको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार