नेचासल्यान गाउँपालिका : जिल्ला बाहिर रहेका नागरिकको तथ्यांक संकलन शुरु

  सुमेरु संबाददाता

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले जिल्ला बाहिर रहेका आफ्ना नागरिकको तथ्यांक संकलन शुरु गरेको छ ।

कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन नेपाल सरकारले लागु गरेको लकडाउन अवधि एक महिना पुग्नै लाग्दा रोजगारी, अध्ययन र ज्यालामजदुरीका लागि काठमाण्डौ लगायतका विभिन्न स्थानमा रहेका आफ्ना नागरिकको अवस्था बुझ्नका लागि तथ्यांक संकलन शुरु गरिएको गाउँपालिका अध्यक्ष डुफ कुमार बास्तोलाले बताए ।

‘लकडाउन लम्बिदै गएकाले यो अवधिमा खाद्यसंकटको अवस्थाबारे बुझ्न तथ्यांक संकलन शुरु गरिएको हो ।’ अध्यक्ष बास्तोलाले भने, ‘तत्काल खाद्यान्न वितरण गर्ने निक्यौलमा नपुगेपनि आफ्ना नागरिक रहेको स्थानीय तहसंग समन्वय गर्ने वा गाउँपालिकाले नै खाद्यान्न वितरण गर्ने भन्ने विषयमा तथ्यांक आइसकेपछि निक्यौलमा पुग्नेछौ ।’

गाउँ फर्काउन सक्ने वातावरण र केन्द्र सरकारले अनुमति दिएमा उद्धारको काममा पनि अघि बढ्न सक्ने गाउँपालिका अध्यक्ष बास्तोलाको भनाई छ । ‘लकडाउनकै कारण भोकभोकै बस्नु पर्ने अवस्था आउन दिने छैनौ ।’ उनले भने ।

सम्पर्क व्यक्ति र मोबाइल नम्बरहरु

गा पा अध्यक्ष डुफकुमार बास्ताेला 985282224/9805937032
गा पा उपाध्यक्ष कुमारिदेवि शर्मा 9818960802/985282223
वडा नं १ अध्यक्ष रमेश राई 9842959721/9817720630
वडा नं २ अध्यक्ष भेषराज बास्ताेला 9819927183
वडा नं ३ अध्यक्ष धर्मध्वज खत्री 9805925790/9848649587
वडा नं ४ अध्यक्ष कृष्ण कुमार राई 9841355693/9813055550
वडा नं ५ अध्यक्ष राजन कुमार राई 9841844064/9813003198
(यी सम्पर्क न हरुमा आफुलाइ भयको समस्याको / आबस्यकताको / चाहाना को विवरण -मेसेज / मेसेन्जर मार्फत नाम ठेगाना सम्पर्क न समेत खुलाइ पठाउन अनुरोध छ )
हामी स्थानीय तहका जनप्रतिनिधि हरु कोभिड १९ सग सग सम्बन्धित , राहत औषधि बितरण समेत को काममा लाग्नु पर्ने भयकोले काठमाडौ को लागि निम्न ब्यक्ति हरुलाइ समेत सम्पर्क गरि विवरण दिन सक्नु हुनेछ ।
काठमाडाैकाे लागि
१, सुरेश बाबु जमरकट्टेल- 9851229331
२, नन्दराज बास्ताेला -9841228706
३, शिव बस्नेत -9851054135
४, भुपेन्द्र कट्टेल -9851168227
५, अर्जुन बस्नेत -9851021391
6, मिङ्मा सेर्पा- 9849055448
7,बाबुराम आचार्य -9852851176
8, जितिराज राई -9849054836
9,मनराज राई -9843314890

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार