सोलुदुधकुण्डले ग¥यो ४३८ जनताको उद्धार

  सुमेरु संबाददाता

सोलुखुम्बु – सोलुखुम्बु स्थायी घर भई विभिन्न कामको शिलशिलामा काठमाण्डौ बस्दै आएका सोलुदुधकुण्ड नगरपालिकाका ४ सय ३८ जनतालाई उद्धार गरिएको छ । कोरोनाको रोकथामका लागि गरिएको लकडाउनका प्रभावित पालिकाकाका जनतालाई उद्धार गरिएको नगर प्रमुख नाम्गेल जााङबु शेर्पाले बताए ।

राजधानीमा बसेका अति समस्यामा परेकालाई बस र टाटा सुमो रिजर्भ गरेर गाउँगाउँमा पु¥याईएको हो । विहिबार ४ वटा टाट सुमो, शुक्रबार राति ७ वटा बस र १८ वटा टाटा सुमोमा साँढे ४ सयको हाराहारीमा नागरिक उद्धार गरिएको हो । अति विपन्न र समस्यामा रहेकालाई भने निशुल्क ल्याईएको जनाईएको छ । ११ वटै वडाका जनताको तथ्यांक संकलन गरि उद्धार गरिएको नगर प्रमुख शेर्पाले बताए ।

यस्तै धनकुटाको भेडेटारमा अलपत्र परेका वडा नम्बर ३ तामाखानीका ८ जनालाई पनि टाटा सुमो पठाएर उद्धार गरिएको छ । बाहिरबाट ल्याईएका हरेकको पत्तालेमा हेल्थ डेस्क खडा गरि स्वास्थ्य परीक्षण गरिएको र होम क्यारेण्टाईनमा अनिवार्य बस्नुपर्ने नियम नगरपालिकाले बनाएको छ । बाँकी रहेकालाई सोमबार सम्म पालिका ल्याईसक्ने तयारी गरिएको छ ।

उद्धारका क्रममा पार्टीगत, जातिगत तथा कुनै पनि विभेद नगरिएको मेयर शेर्पाको दाबी गरे । नगरपालिका प्रवेश गरेका सबै जनता होम क्यारेण्टीनमा बस्नेछन् भने अनुगमनको जिम्मा सम्बन्धित वडा कार्यालयलाई दिईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार