मेयर शेर्पाको पहलमा लिखुपिकेलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

  सुमेरु संबाददाता

सोलुखुम्बु – सोलुखुम्बुको डाँडाँपारीको स्थानीय तह लिखुपिके गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाको पहलमा हिमालयन प्रोजेक्ट नेपालले उपलब्ध गराएको स्वास्थ्य सामाग्री बुधबार सल्लेरीमा लिखुपिके गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक ज्ञानु कार्कीलाई हस्तान्तरण गरिएको हो ।

कोरोना कहरलाई ध्यानमा राख्दै स्वास्थ्यकर्मीका लागि आवश्यक ५ थान थर्मल गन, पल्स अक्सिमिटर ५ थान, सर्जिकल मास्क एक हजार २५० वटा, सेनिटाइजर २० वटा, पिपिइ २५ सेट, ५ सय थान डिटोल सावुन हस्तान्तरण गरिएको छ । सो सामाग्री भ्याटसहित ३ लाख १६ हजार बराबरको हो ।

सोलुदुधकुण्ड नगरपालिकाको तर्फबाट नगरकै स्वास्थ्यकर्मीले बनाएको १० थान फेस शिल्ड पनि सहयोगको रुपमा पठाएको स्वास्थ्य शाखा संयोजक चमर मगरले जानकारी दिए । लिखुपिके गाउँपालिकाका स्वास्थ्यशाखा संयोजक ज्ञानु कार्कीले पाएको स्वास्थ्य सामाग्री कोरोना रोकथाममा टेवा पु¥याउने बताए ।

लिखुपिके गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

सोलुखुम्बुको डाँडाँपारीको स्थानीय तह लिखुपिके गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाको पहलमा हिमालयन प्रोजेक्ट नेपालले उपलब्ध गराएको स्वास्थ्य सामाग्री बुधबार सल्लेरीमा लिखुपिके गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक ज्ञानु कार्कीलाई हस्तान्तरण गरिएको हो ।कोरोना कहरलाई ध्यानमा राख्दै स्वास्थ्यकर्मीका लागि आवश्यक ५ थान थर्मल गन, पल्स अक्सिमिटर ५ थान, सर्जिकल मास्क एक हजार २५० वटा, सेनिटाइजर २० वटा, पिपिइ २५ सेट, ५ सय थान डिटोल सावुन हस्तान्तरण गरिएको छ । सो सामाग्री भ्याटसहित ३ लाख १६ हजार बराबरको हो ।सोलुदुधकुण्ड नगरपालिकाको तर्फबाट नगरकै स्वास्थ्यकर्मीले बनाएको १० थान फेस शिल्ड पनि सहयोगको रुपमा पठाएको स्वास्थ्य शाखा संयोजक चमर मगरले जानकारी दिए । लिखुपिके गाउँपालिकाका स्वास्थ्यशाखा संयोजक ज्ञानु कार्कीले पाएको स्वास्थ्य सामाग्री कोरोना रोकथाममा टेवा पु¥याउने बताए ।

Posted by Sumerunews on Wednesday, April 29, 2020

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार