भारतले नयाँ नक्सा अस्वीकार गरेपछि बोले गगन

  सुमेरु सम्बाददाता

सोलुखुम्बु – भारतले नयाँ नक्सा अस्वीकार गरेपछि नेपाली कङ्ग्रेसका नेता गगन थापाले कडा प्रतिक्रिया दिएका छन् । सामाजिक संजाल फेसबुकमा लेख्दै नयाँ नक्सा जारी गरेर कृत्रिम बिस्तार गरेको बताएपछि नेता थापाले कडा रुपमा प्रस्तुत हुन आग्रह गरेका छन् ।

उनले भनेका छन्, “परराष्ट्रमन्त्रीज्यू, हाम्रो नयाँ नक्सा अमान्य हुने जनाएको भारत सरकारलाई ऐतिहासिक तथ्य र प्रमाणसहित भनिदिनुहोस-‘कृत्रिम विस्तार त भारतले नेपाली भूमिसहित नक्सा जारी गर्दा गरेको हो।नेपालले त आफ्नै भूमिलाई नक्सामा समावेश गरेको हो। सत्य यही हो लिम्पियाधुरा,लिपुलेक र कालापानी हाम्रो भूमि हो।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार