पीडा पोख साथी हो …

मन मिल्ने भए !
श्रीमान या श्रीमतीसङ्ग
छैन भने
प्रियसी या प्रियतमसङ्ग
यदि नसुने झैँ गरे
मन मिल्ने साथीसङ्ग
उसलाई कहदा पनि
मन हलुका नभए
गाउँलेसङ्ग
बाहिर लकडाउन छ
फुर्सदै फुर्सद छ
बेला यहीँ हो
पीडा पोख साथी हो …

आफ्नै कमजोरीले
आफैँ प्रताडित बनेको कथा
कसैको साहारामा
अलिकति आहारामा
जलनले, चलनले
गुहारेर, पुकारेर
पोख साथी पोख
थाहा पाउने गरि खोक
बाहिर लकडाउन छ
फुर्सदै फुर्सद छ
बेला यहीँ हो
पीडा पोख साथी हो …

मुटुको चौकुना (खोतली)२
खिया लागेका पीडित यादहरु
राख्ने गरि, फेसबुक, टुईटर
र इन्स्ट्राग्राममा
सक्छौ भने बनाउ
टिकटक र भिडियो
राख्ने गरि युटुवमा
ओझेल परेको
तिम्रो नाम
अग्रभागमा आउने गरि
छिमेकीलाई वमन आउने गरि
बाहिर लकडाउन छ
फुर्सदै फुर्सद छ
बेला यहीँ हो
पीडा पोख साथी हो …

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार