सोलुखुम्बु : केरुङका एक यूवामा कोरोना संक्रमण

  सुमेरु संबाददाता

सोलुखुम्बु – सोलुखुम्बुमा एक जना कोरोना संक्रमित भेटिएको तथ्य बाहिरिएको छ । कोरोनासंग मिदोजुल्दो लक्षण बोकेर जिल्ला अस्पताल आएका सोलुदुधकुण्ड नगरपालिका ८ केरुङका एक २७ बर्षिय यूवकमा गरिएको कोरोना परीक्षणमा पिसिआर रिर्पोट पोजेटिभ देखिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिइन् ।

ती यूवासंगै स्वाब पठाइएको सोलुदुधकुण्ड नगरपालिका ५ रोशीका दुई व्यक्तिको पिसिआर रिर्पोट भने नेगेटिभ आएको छ । कोरोना पोजेटिभ देखिएको यूवकको बारेमा आधिकारिक जानकारी नआएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश खकुरेलले जानकारी दिए ।

फाप्लुस्थित आइसोलेसनमा रहेका उनलाई कोभिड अस्पताल विराटनगर लगिँदैछ । पहिलो पटकको पिसिआर परिक्षणमा रिर्पोट अन्यौलपुर्ण आएपछि दोस्रो पटक पिसिआर गरिएको थियो । सोलुखुम्बुमा कोरोना संक्रमित पुष्टि भएपछि बिहिबार बैठक बसी थप रणनीति तय गर्ने प्रमुख जिल्ला अधिकारी आचार्यको भनाई छ ।
कोरोना संक्रमित यूवक दुई बर्ष अघि वैदेशिक रोजगारीबाट आएको र अहिले गाउँघरमै घर बनाउने काममा सक्रिय रहेको खुल्न आएको छ ।

गाउँमै रहेको मानिसलाई कोरोना देखिएपछि स्थानीय तह, स्थानीय प्रशासनको सहयोगमा संक्रमित परिवार, उपचारमा संलग्न स्वास्थ्यकर्मी र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका अन्यको स्वाब संकलन गर्ने तयारी गरिएको जिल्ला अस्पताल फाप्लुका निमिक्त प्रमुख सानी शेर्पाले बताईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार