सोलुखुम्बु : रुकुमको सोती घटनालाई लिएर दलित दबाब समितिको ज्ञापन–पत्र

सोलुखुम्बु – सोलुखुम्बुका दलित सरोकारवालाहरुले रुकुमको सोती घटना र सोलुदुधकुण्ड नगरपालिका ११ तिङलामा दलित माथी भएको घटनाबारे जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयलाई ज्ञापन–पत्र बुझाएका छन् ।

विहिबार प्रमुख जिल्ला अधिकारी रमा आचार्य मार्फत मन्त्रालयलाई ज्ञापन–पत्र बुझाउदै दलित सरोकारवालाहरुले प्रेम सम्बन्धलाई विवाहमा परिणत गएका जाजरकोटको भेरी नगरपालिका ४ का २१ बर्षिय नवराज विश्वकर्मा संगै अन्य तिन जनाको हत्या र दुई जना वेपत्ता हुने गरि भएको रुकुमको सोतीमा घटनामा संलग्नलाई कानुनी कारबाहीको माग गरिएको छ । ज्ञापन–पत्रमा भनिएको छ, ‘नेपालको संविधान २०७२ को भाग ३ अन्तरगत धारा २४ को ‘छुवाछुत तथा भेदभाव विरुद्धको हक’को ठाडो उलंघन हुने गरि दलितसंगको विवाहलाई अस्विकार गरेर नवराज विश्वकर्मा लगायतका व्यक्तिलाई मारिएको हो भन्ने कुरा घटनाक्रमले स्पष्ट पार्छ ।’

साथै, गत वैशाख ३१ गते जिल्लाको तिङलामा दलित माथी भएको विभेदीय घटनामा संलग्नलाई निष्पक्ष छानविन गरि जातीय छुवाछुत विरुद्धको कानुन कार्यान्वयनको माग गरेका छन् । विभेदको घटनामा सलंग्न एक महिला जिल्ला अदालतको आदेशमा २० हजार धरौटीमा छाडिएको छ ।

नीर कुमार नेपालीको संयोजकत्वमा गठित दबाब समितिले बुझाएको ज्ञापन–पत्रमा जिल्लाका २० जना दलित सरोकारवालाहरुले हस्ताक्षर गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार