सोलुखुम्बु : थुलुङ दुधकोशीमा खेलग्राम शिलान्यास, यस्तो बन्नेछ खेलग्राम

  सुमेरु संबाददाता

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा सुविधा सम्पन्न खेलग्रामको शिलान्यास गरिएको छ ।

गाउँपालिका अध्यक्ष असिम राईले आइतबार वडा नं ६ मुक्ली मैदेलका स्थानीयले निशुल्क उपलब्ध गराएको ३२ रोपनी क्षेत्रफलमा निर्माण हुने गरि खेलग्रामको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा अध्यक्ष राईले खेलकुदको केन्द्र निर्माणका लागि निशुल्क जग्गा प्रदान गर्ने स्थानीयलाई धन्यवाद दिए ।

‘स्वास्थ्यको हव निर्माणको लागि सुविधा सम्पन्न अस्पतालको निर्माण भइरहेको छ ।’ उनले भने, ‘शिक्षाको हव निर्माणको लागि प्राविधिक शिक्षालयको स्थापना भएको छ । खेलग्रामको निर्माण खेलकुदको केन्द्र पनि थुलुङ दुधकोशी नै बन्नेछ ।’ मुक्ली मै दुधकोशी सामुदायीक अस्पतालको निर्माण भइरहेको छ ।

१६ करोड ९७ लाख १५ हजार सात सय ७६ रुपैयाँको लागतमा इन्डोर र आउटडोर खेलहरु खेल्न सकिने ग्रामको संरचना बन्ने गाउँपालिकाले जनाएको छ । क्रमागत योजनामा सूचीकृत खेलग्राम निर्माणको लागि चालु आर्थिक बर्षमा यूवा तथा खेलकुद मन्त्रालयबाट ५० लाख बजेट प्राप्त भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार