सिमा अतिक्रमणको विरुद्धमा बद्रि, सुर्य, बाल कुमार र सीताको संयुक्त आवाज (भिडियो सहित)

  सुमेरु संबाददाता

सोलुखुम्बु ।

तेल दियौँ भन्छौ तिम्ले
त्यसै आको हैन
चामल दियौ भन्छौ तिम्ले
त्यसै खाको हैन
सुगौली सन्धी हेर इण्डिया
ठूल्दाइको घमण्ड फेर इण्डिया

भारतले गरेको सिमा अतिक्रमणको विरुद्धमा लोक कलाकारले सामूहिक गीति आवाज बुलन्द गरेका छन् । गीतकार तथा लोकसञ्चारकर्मी कमल सरगमको भाका र याम प्रसाद निउरेको शब्दमा तयार भएको गीतमा गायक बद्रि पंगेनी, सुर्य खड्का, बाल कुमार श्रेष्ठ र सीता श्रेष्ठले संयुक्त स्वर दिएका छन् ।

नाकाबन्दी गर तिमि
सिमा तिनै तिर
तर पनि नेपालीले
झुकाउदैनौ शिर
सुगौली सन्धी हेर इण्डिया
ठूल्दाइको घमण्ड फेर इण्डिया

एन्जल म्यूजिकको यूटुवबाट सार्वजनिक गरिएको गीतको भिडियो शिवम पोखरेलले गरेका छन् । क्रान्ति केसीको सम्पादन रहेको गीतमा दर्जनबढि कलाकर्मीको अभिनय रहेको छ ।

गीतमा भारतलाई ठुल्दाइको संज्ञा दिईएको छ । सिमा अतिक्रमण रोक्न खबरदारी गरिएको गीतमा भारतलाई सुगौली सन्धी हेर्न सुझाईएको छ । कालापानी, लिखुलेक र लिम्पियाधुरा नेपालको भएको दाबी गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार