सांसदज्यूको ‘चार किल्ला भित्र’ (भिडियो सहित)

  सुमेरु संबाददाता

सोलुखुम्बु ।

जिन्दगी यो फूलैफूलको थुङगो हुदैन्
फक्रिने र ओइलाउने टुंगो हुदैन्

सायद, तपाईले यो गीत अन्जु पन्तको स्वरमा कतै सुन्नुभएको होला । यो अहिलेका प्रदेश नं १ का सांसद राजन राईले २०६४ सालमा सार्वजनिक गरेको गीति एल्बम ‘किन किन’मा समाबेश गीत हो ।

गीतकार राईको गीत, राजनराज शिवाकोटीको संगीतमा रहेको गीतलाई मन पराईएको गीत हो । उनै गीतकार राईले रचेको अर्को गीत ‘चार किल्ला भित्र’ अहिले सार्वजनिक गरिएको छ । ‘किन किन’एल्बममै समाबेश गीतलाई आफ्नै यूटुव च्यानलबाट डिजिटल बजारमा पठाएका छन् ।

‘उक्त एल्बममा ६ वटा गीत संग्रहीत थिए’, ‘गीतकार राईले भने, ‘क्रमश डिजिटल बजारमा ल्याउने कोशिशमा छु ।’ खोटाङबाट प्रदेश सभा सदस्यमा निर्वाचित राईले लोक गीत तयार पारेका छन् ।

संगीतकार महेश खड्काको संगीतमा तयार भएको प्रकाशनन्मूख गीतमा रामचन्द्र काफ्ले र मिलन नेवारले स्वर दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार