मौलिकता बोकेर ‘बाँसै काटी चोया’ (भिडियो सहित)

  सुमेरु संबाददाता

सोलुखुम्बु । सागर विरही लोक क्षेत्रमा स्थापित नाम हो । उनै विरहीको सृजनामा दोहोरी गीत ‘बाँसै काटी चोया’ डिजिटल बजारमा छ । मौलिकपन बोकेको गीतमा विरही बस्याल र विना छन्त्यालले स्वर दिएका छन् ।

गायक बस्याल सर्जक विरहीका भाई हुन् । जो, लोक क्षेत्रमै स्थापित हुने सपना बोकेर सघर्षरत छन् । तनहूँको घिरिङ गाउँपालिकामा जन्मेका उनी गीतसंगीतमै भविष्य खोज्दै गरेका एक कान्छा पुस्ता हुन् ।

गायिका छन्त्याल बाग्लुङमा जन्मेकी हुन् । उनी अहिले अमेरिकामा बसोबास गर्छिन् । गायिका विनाको यसअघि ‘टुहुरी’, ‘कस्को डर छ र’, ‘काफल चरी’ लगायतका गीत बजारमा छन् ।

भर्खर सार्वजनिक गरिएको गीतलाई विना छन्त्यालकै यूटुव च्यानलबाट बजारमा पठाइएको छ । प्रकाश भट्टको निर्देशनमा तयार भएको गीतको भिडियोमा महेन्द्र गौतम र सम्पदा बाँनीया नाचेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार