खुम्बुका स्वास्थ्यकर्मीलाई स्किृनिङ अभिमूखिकरण

  सुमेरु संबाददाता

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई स्किृनिङ अभिमूखिकरण प्रदान गरिएको छ । खुम्बु पासाङल्हामू गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा खु्म्बुका सरकारी तथा निजी स्वास्थ्य संस्थाका १६ जना स्वास्थ्यकर्मीलाई २ दिने अभिमूखिकरण गरिएको हो ।

कोरोना रोकथाम तथा नियन्त्रणको प्रयास स्वरुप स्किृनिङ अभिमूखिकरण गरिएको स्वास्थ्य शाखा संयोजक अर्थीमाया तामाङले जानकारी दिइन् । अभिमूखिकरणको सहजीकरण खुम्बु पासाङल्हामू निकोलनिकी हस्पिटलका डा. अनिस केसी, एक्सन फर नेपालका रामदयाल यादव र ल्हाक्पा ग्याल्जेन शेर्पाले गरेका थिए ।

अभिमूखिकरणपछि स्वास्थ्यकर्मीको आरडिटी टेष्ट गरेर २१ दिने स्किृनिङ अभियानमा परिचालन गरिनेछ । ५ वडा रहेको खुम्बुमा १४ वटा कलष्टर तोकेर हरेक नागरिकको तिन चरणमा स्किृनिङ गर्ने तयारी गरिएको नाम्चे स्वास्थ्य चौकीका अहेव आङ लाक्पा शेर्पाले बताए ।

पहिलो चरणमा खुम्बुमा स्थायी तथा अस्थायी बसोबास गरिरहेका नागरिकको घरमै पुगेर ट्रार्भल हिष्ट्री सहित विस्तृत जानकारी दिने, दोस्रो र तेस्रो चरणमा उनीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने गरि कार्यक्रम तय गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार