खुम्बु पासाङल्हामु अध्यक्ष शेर्पाको निधन

  सुमेरु सम्बाददाता

सोलुखुम्बु – खोलुखुम्बुको पासाङल्हामु गाउँपालिकाका अध्यक्ष निम दोर्जी शेर्पाको निधन भएको छ ।

क्यान्सर रोगका कारण मंगलबार बिहान ३९ वर्षको उमेरमा उनको मृत्यु भएको हो ।

आन्द्राको क्यान्सरबाट पीडित उनको काठमाडौंस्थित ह्याम्स र निदान अस्पतालमा उपचार गरिएको थियो । तर, पछिल्लो समय अवस्था सुधारान्मुख नभएपछि गाउँ नै फर्काइएको थियो ।

उपचारका लागि भर्ना भएपछि एक महिनाअघि शेर्पाले आफ्नो जिम्मेवारी गाउँपालिका उपाध्यक्ष टसील्हामु शेर्पालाई सुम्पिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार