थुलुङ दुधकोशी : काँगेलका २ जनाको पिसिआर रिर्पोट नेगेटिभ

  सुमेरु संबाददाता

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका २ काँगेलका २ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । १७ र २४ बर्षका महिलामा कोरोना भाइरससंग मिल्दोजुल्दो लक्ष्य देखिएपछि स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि पठाइएको थियो ।

ती महिलामा ज्वरो लगायतका लक्षण देखिएपछि जिल्ला अस्पताल फाप्लुको आइसोलेसन कक्षमा राखेर उपचार गरिएको थियो । कोरोना शंकास्पद मानिएपछि आइतबार साँझ स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला टेकु पठाइएको थियो ।

दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेकाले मंगलबार नै डिस्चार्जको तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार