दुधकोशी अस्पताल निर्माणमा मैदेल नेले गुरुङ समाज युकेको १९ लाख

  सुमेरु संबाददाता

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लीमा निर्माणाधिन दुधकोशी सामुदायीक अस्पताल निर्माणको लागि मैदेल नेले गुरुङ समाज युकेबाट १९ लाख भन्दा बढि रकम सहयोग प्राप्त भएको छ ।

मंगलबार अस्पताल निर्माण समितिका कोषाध्यक्ष बलराम गुरुङलाई १९ लाख, ११ हजार ६६६ रुपैयाँ (पहिलो किस्ता) प्राप्त भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । लाखौ सहयोग प्राप्त भएपछि अध्यक्ष राईले सहयोगीलाई धन्यवाद दिएका छन् ।

ग्रामिण भेगका नागरिकलाई सुलभ र गुणस्तरिय स्वास्थ्य सेवा प्रवाहको लागि ५० शैयाको अस्पताल निर्माणाधिन अवस्थामा रहेको छ । अस्पताल निर्माणको प्रगती ४० प्रतिशतबाट उकालो लागेको निर्माण कम्पनीले जनाएको छ ।

रौता कुँवर जेभीले १० करोड १० लाख ७२ हजार ७५३ रुपैयाँको लागतमा अस्पतालको निर्माण भइरहेको छ । अस्पताल निर्माण सहयोगार्थ गाउँपालिकाले गत बर्ष मुक्लीमै महायज्ञको आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार