रेडियोबाट सिकाउन रेडियो बाँड्दै रीड नेपाल

  सुमेरु संबाददाता

सोलुखुम्बु – कोरोना कहरका कारण विद्यालय खुल्ने मिति यकिन नभएपछि ‘रेडियोबाट सिकाइ’कार्यक्रम संचालन गरिरहेको रीड नेपालले सबै विद्यार्थीको पहूँचमा रेडियो सिकाइ पु¥याउन रेडियो वितरण शुरु गरेको छ । रेडियो नभएकै कारण रेडियो कार्यक्रम सून्न नपाएको जानकारी आएपछि सिकाइको पहूँच धेरै भन्दा धेरै विद्यार्थी माझ पु¥याउन रेडियो वितरण कार्यक्रम शुरु गरेको रीड नेपालका प्रमुख कार्यकारी अधिकृत भिम बोगटीले बताए ।

रीड नेपालले सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका २० जना, सोताङ गाउँपालिकाका १५ जना, थुलुङ दुधकोशी गाउँपालिकाका २० जना विद्यार्थीहरुलाई रेडियो वितरण गरिसकेको छ भने अन्य गाउँपालिकामा पनि रेडियो नहुने विद्यार्थीहरुलाई पहिचान गरेर रेडियो वितरण गर्ने योजना रहेको शिक्षा विकास संयोजक केशव गिरीले जानकारी दिए । उपलब्ध तथ्यांक अनुसार १५० जनालाई रेडियो वितरण गर्ने योजना बनाएको भएपनि यो तथ्यांकमा वृद्धि हुन सक्ने अनुमान गरिएको छ ।

लकडाउन सुरु भएपछि रीड नेपालले वैशाख २१ गतेबाट नै ‘रेडियोबाट सिकाइ’ कार्यक्रम स्थानीय एफएमबाट संचालन गर्दै आएको छ । कार्यक्रम उत्पादन तथा प्रसारणमा अस्ट्रेलियन सरकारको एनजीओ कोप्रेसन प्रोग्राम (DFAT) र अस्ट्रेलियन हिमालयन फाउन्डेसनले सहयोग गरिरहेको छ ।

रेडियो पाएपछि विद्यार्थी र अभिभावकले खुसी व्यक्त गरेका छन् । सोताङ गाउँपालिकामा रहेको हुलु माविमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी मिनराज भूजेलले रेडियो पाएपछि रेडियोबाट सिकाइ निरन्तर सुन्ने बताए । उनले भने, ‘घरमा रेडियो नभएका कारणले कार्यक्रम सुन्ने र सिक्ने अबसर पाएको थिइन, अब देखि नियमित सुन्छु र सिक्छु ।’

सोताङकै विरेन्द्रज्योति माविमा कक्षा ८ मा अध्यनरत छात्रा कल्पना राईको पनि समस्या उस्तै थियो । उनीसंग न मोबाईल थियो, न रेडियो । विद्यालय बन्द रहेको समयमा अलमलिएकी कल्पनालाई रीड नेपालले रेडियो दिएपछि सिकाइको ढोका खुलेको छ । उनले रीड नेपाललाई धन्यवाद दिइन् ।

महाकुलुङ गाउँपालिका २ स्थित पेल्माङ आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत राकेस कुलुङ पनि रेडियो पाएपछि खुसि भएका छन् । ‘रेडियो नभएकै कारण रेडियोबाट सुन्दै सिक्न वन्चित भएको थिएँ । अब रेडियो पाए, रेडियो सुनेर सिक्न उत्साहित छु ।’ उनले भने । रेडियो पाएपछि अभिभावकहरुले पनि खुसी व्यक्त गरेका छन् ।

महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किराँतीले संकटको परिस्थितीमा पनि बालबालिकालाई सिक्ने वातावरण निर्माण गर्ने रीड नेपालको कोशिसको खुलेरै प्रशंसा गरे । उनले भने, ‘रीड नेपालले जिल्लाको शैक्षिक विकासमा गरेको योगदानको प्रशंसा गर्दछु । विद्यालय नखुलेका अवस्थामा पनि घरमै बसेर सिक्ने वातावरण बनाउनु शैक्षिक उन्नयनका लागि निकै ठूलो योगदान हो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार