महाकुलुङलाई कांग्रेसको विउ पूँजी

  सुमेरु सम्बाददाता

सोलुखुम्बु –‘कोरोना पिडित तथा वेरोजगार राहत कोष’ स्थापनाको अभियान लिएर स्थानीयतह दौडाहमा रहेको नेपाली कांग्रेस सोलुखुम्बुले महाकुलुङ गाउँपालिकालाई विउ पूँजीवापतको रकम ५० हजार प्रदान गरेको छ ।

गाउँपालिका अध्यक्ष सागर किराँती लगायतको जनप्रतिनिधिलाई भेटेर कांग्रेस नेता तथा पुर्व पार्टी सभापति आङगेलु शेर्पा नेतृत्वको टोलीले कोष स्थापनाको लागि नगद हस्तान्तरण गरेको हो ।

नगद ग्रहणपछि महाकुलुङ गाउँपालिका अध्यक्ष किराँतीले विपद सामनामा कांग्रेसले सहकार्यको निति अपनाएर नयाँ राजनितिक संस्कारको शुरुवात गरेकोले आफ्नो स्थानीय तहले आत्मसाथ गर्ने बताए । कांग्रेस नेता शेर्पाले संकट सामनाका लागि सत्तापक्ष र प्रतिपक्ष एक ढिक्का बन्ने प्रयत्नको शुरुवात गरेको बताए ।

गाउँपालिका उपाध्य क्षविपना कुलुङ लगायतका जनप्रतिनिधि, कांग्रेसका प्रदेश सभा ‘क’सभापति सुर्य कुलुङ, प्रदेश सभा ‘ख’सभापतिकर्मा शेर्पा, सोताङ कांग्रेस सभापति गणेश बस्नेत, महाधिवेशन प्रतिनिधि सरला नाछिरिङ, कांग्रेस महाकुलुङ सभापति सुवास कुलुङ, दलित अगुवा कमल विक, सोलुखुम्बु बहुमूखि क्याम्पस स्ववियू सभापति विक्रान्त कुलुङ लगायतका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

यसअघि कांग्रेसले नेचासल्यान, थुलुङ दुधकोशी र सोताङ गाउँपालिकालाई ५०–५० हजारका दरले रकम हस्तान्तरण गरिसकेको छ । क्रमशः सोलुदुधकुण्ड नगरपालिका सहित माप्यदुधकोशी, खुम्बु पासाङल्हामू र लिखुपिके गाउँपालिकामा कोष स्थापनार्थ विउपूँजी हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

यसैबीच,कांग्रेसले महाकुलुङ गाउँपालिका भित्रका अगुवा कार्यकर्तालाई प्रशिक्षित गरेको छ । सोमबार साँझगरिएको कार्यक्रममा नेता शेर्पा सहितका नेताहरुले कार्यकर्ता प्रशिक्षण गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार