सल्लेरी च्याल्सा विद्युत र राष्ट्रिय प्रसारण लाईन विच पावर मर्ज हुने निश्चित

सदरमुकाममा लोडसेडिङ अन्त्य हुने मेयर शेर्पाको विश्वास

  सुमेरु संबाददाता

सोलुखुम्बु– सोलुखुम्बु जिल्ला सदरमुकाम क्षेत्रमा विद्युत सेवा दिदै आएको सल्लेरी च्याल्सा विद्युत कम्पनी र नेपाल विद्युत प्राधिकरण बिच पावर मर्ज (सिन्क्रोनाईज) गरिने भएको छ ।

सोमबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा विच भएको भेटमा कार्यकारी निर्देशक घिसिङले राष्ट्रिय प्रसारण लाईन सँग सिन्क्रोनाईज गर्ने गरि प्राधिकरणले निर्णय गरेको जानकारी दिए ।

मेयर शेर्पासँगको भेटमा प्राधिकरण प्रमुख घिसिङले जनप्रतिनिधिको माग अनुसार नै सदरमुकाम क्षेत्रका जनताको समस्या समाधानको लागि पावर मर्ज गरिएको बताए । यो सँगै सल्लेरी च्याल्सा विद्युत कम्पनीसँग राष्ट्रिय प्रसारण लाईन जोडिने छ ।

प्राधिकरणले हिउँदको समयमा ८ रुपैँया ४० पैसामा र बर्षायाममा ४ रुपैँँया ८० पैसामा प्रतियुनिट विद्युत खरिद गर्नेछ । यो सँगै नगरपालिका क्षेत्रमा विद्युत विस्तारमा सहज हुने, लोडसेडिङ नहुने र कम्पनीको बार्षिक आम्दानी बढ्ने मेयर शेर्पाको भनाई छ ।

अब सल्लेरी च्याल्साको मर्मतसम्भारको समयमा पनि विद्युत सेवा नियमित हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार