सोलुखुम्बु : थुलुङ दुधकोशीमा वडागत सार्वजनिक सुनुवाई कार्यक्रम शुरु

  सुमेरु संबाददाता

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिकाले सुशासन प्रवद्र्धन कार्यक्रम अन्तर्गत चालु आर्थिक बर्षको वडागत सार्वजनिक सुनुवाई कार्यक्रम शुरु गरेको छ । आर्थिक बर्षको समाप्ती हुनै लाग्दा पालिकाले वडाहरुबाट बर्षभरि गरेको काम र भएको खर्चको विवरण सार्वजनिक गर्न थालेको हो । सुमेरु मिडियाको सहजीकरणमा आईतबार वडा नं. ४ को सार्वजनिक सनुवाई सम्पन्न भएको छ ।

वडाअध्यक्ष नातिकाजि गुरुङको अध्यक्षताामा सम्पन्न कार्यक्रममा बर्षभरि सम्पादन भएका विकासे कामको प्रगति विवरण सार्वजनिक गरिएको छ । सो क्रममा चालु आर्थिक बर्षमा १ करोड ५ लाख ६७ हजार २ सय ३० रुपैँया बजेट खर्च भएको जानकारी गराईएको छ । वडा कार्यलयमा सञ्चालित ३ वटा बाहेक १० वटा योजनाको फरफराक भईसकेको वडाअध्यक्ष गुरुङले बताए ।

कार्यक्रममा नागरिकहरुको जिज्ञासाको जवाफ दिदैँ वडा अध्यक्ष गुरुङले वडाको भौतिक विकासका लागि आफैँले निजि ३ रोपनी जग्गा निशुल्क उपलब्ध गराएको भन्दै अस्थाई रुपमा भवन निर्माणको काम भइरहेको बताए । वडाले सञ्चालन गरेको योजनाहरुमा नागरिक सहभागितामा हरेकलाई अपनत्व हुने गरि पारदर्शी रुपमा सञ्चालन गरिएको बताईएको छ ।

सो अवसरमा वडाको आन्तरिक आय अभिबृद्धिका लागि सुकेपोखरी बजार क्षेत्रमा भ्यूटावर निर्माण र हाईकिङ क्षेत्र विस्तारको योजना अगाडी सारेको वडाअध्यक्ष गुरुङको भनाई छ । वडा कार्यालयमा सम्पन्न कार्यक्रमको सहजिकरण सुमेरु मिडियाका कार्यक्रम संयोजक विना राईले गरेकी हुन् । सोमबार वडा नम्बर ५ मा सार्वजनिक सुनुवाई हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार